शिक्षण पद्धति कार्यशाला सुरु

सुर्खेत । सुर्खेत मोडेल कलेजमा तेस्रो राष्ट्रिय स्तरको सेमेस्टर प्रणालीमा मूल्याङ्कन तथा शिक्षण पद्धति कार्यशाला सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डिल्लीराज शर्माले बिहीबार एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गर्नु भएको हो ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सुर्खेत मोडेल कलेजले आयोजना गरेको कार्यशालामा कर्णाली प्रदेशका क्याम्पस तथा कलेजका प्राध्यापक, उपप्राध्यापक एवं शैक्षिक क्षेत्रका विद्धानहरूको सहभागिता रहेको छ ।

दुई दिनसम्म चल्ले कार्यशालामा सेमेस्टर प्रणालीमा मूल्याङ्कन तथा शिक्षण पद्धतिलाई थप परिस्कृत गर्दै समय सापेक्ष शिक्षण सिकाइ वृद्धि विकास एवं अनुसन्धानका बारेमा छलफल हुने सुर्खेत मोडेल कलेजका प्रिन्सिपल गणेश आचार्यले जानकारी दिनुभयो ।
उहाँले कार्यशालामा प्राध्यापक डिल्लीराज शर्मासँगै त्रिभुवन विश्वविद्यालयका कार्यकारी सदस्य प्राध्यापक महान्द चालिसे, सहायक प्राध्यापक चित्र तिमिल्सेना, रेशम विष्ट, रमेश खत्रीलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्