तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाँणद्वारा बाढी पहिरो प्रभावित मनाङको अनुगमन

मनाङ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढी पहिरोले क्षति पुर्‍याएको  क्षेत्रको आज अनुगमन तथा निरीक्षण  गर्नुभयो । 

उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा  क्षति पुर्‍याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराउनुभएको थियो । 

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलाई थप चुस्त बनाउन निर्देशन दिनुभएको थियो । बाढीले सबैभन्दा बढी ताल गाउँमा  क्षति पुर्‍याएको थियो । 

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा  ती क्षेत्रको पुन निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button