तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीको धनकौलमा विद्यार्थी र प्रहरीबीच झडप : एक प्रहरी र दुई विद्यार्थी घाइते

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा परी एक प्रहरी र दुई विद्यार्थी घाइते भएका छन् ।

विद्यालयमा साइकल वितरण र व्यवस्थापन समिति गठनको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित छन् । धनकौल गाउँपालिका वडा नं। ५ मा रहेको श्री जनता मा। बि। हरकठवाका विद्यार्थीहरूले विद्यालयमा साइकल वितरण अनियमित तरिकाले भएको तथा व्यवस्थापन समिति गठन नभएका कारण शिक्षक अभाव भएको भन्दै आन्दोलन सुरु गरेका छन् । आक्रोशित विद्यार्थीहरू विद्यालयमा तालाबन्दी गरी गाउँपालिको कार्यालय घेराउ गर्नेक्रममा प्रहरी र विद्यार्थी बीच झडप भएको हो ।

झडपका क्रममा कक्षा ७ मा अध्ययनरत रुपा यादव र कक्षा ८ मा अध्ययनरत सुवाश यादवलाई प्रहरीले कुटेपछि आन्दोलित विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरेको थिए ।

विद्यार्थीले ढुंगामुढा गर्दा हरकठवा चौकीका प्रहरी हवलदार राजेश सिंह घाइते भएका छन् । धनकौल गाउँपालिकाका स्थानीय मुकेश यादवका अनुसार विगत दुई वर्षदेखि जनता मा। बि। हरकठवामा व्यवस्थापन समितिको पद रिक्त छ ।

\व्यवस्थापन समितिको लागि सातौँ पटक बैठक बसी अभिभावकहरूले बिन्देश्वर राउतलाई व्यवस्थापन समितिको अध्यक्षमा चुने पनि गाउँपालिकाले स्वीकृति नदिएको हुँदा विद्यार्थीहरू आन्दोलित बनेको स्थानीय यादवले जानकारी दिनुभयो । राजनैतिक किचलो तथा आ–आफ्नो विद्यालयमा प्रतिनिधि राख्ने मनसायका कारण यस्तो समस्या आएको यादवले जानकारी दिनुभयो ।

धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहका अनुसार आन्दोलित विद्यार्थीहरूले साइकल वितरणको विषयमा असन्तुष्टि देखाएको बताउनुभयो । आन्दोलित विद्यार्थीहरूको भिडमा विद्यालयको विकास देख्न नसक्ने व्यक्तिहरू पसी ढुंगामुढा गरेको गाउँपालिका अध्यक्ष साहले बताउनुभयो । ‘विद्यार्थीको भिडमा पसी विकास विरोधीहरूले ढुङ्गा हान्दा प्रहरी हवलदार घाइते भए’, गाउँपालिका अध्यक्ष साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button