वरिष्ठ चिनियाँ कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेट हुँदै
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य याङ जिचीले स्विजरल्याण्डको ज्यूरिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानसँग भेटवार्ता गर्नुहुने छ।
चीनको परराष्ट्र मन्त्रालयले बुधबार जनाएअनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको परराष्ट्र मामिला आयोगको कार्यालयका निर्देशक याङले सुलिभानसँग सेप्टेम्बर १० तारिखमा चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखको फोनवार्तामा भएको सहमति अनुसार भेटघाट गर्नुहुनेछ।
उक्त भेटमा चीन-अमेरिका द्वीपक्षीय सम्बन्ध र समसामयिक विषयमा छलफल हुनेछ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्