तपाईँ सुन्दै हुनुहुन्छः

क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

पाल्पा । पाल्पाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

नव आगन्तुक विद्यार्थीहरुलाइ दसैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा सङ्गठनले बुधवार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको हो । सो सङ्गठनले क्याम्पस प्रशासनसँग अनुमति लिएर गरिएको कार्यक्रममा नगर प्रमुख नै उपस्थिति रहेर कार्यक्रम बिथोलेको आरोप लगाएको छ ।

अनेरास्ववियु क्याम्पस कमिटी संयोजक मधुसूदन आचार्यले नेपाली काँग्रेसका नेताहरू नै उपस्थित भएर विद्यार्थीमाथि हात पात गरेको आरोप लगाउनुभयो । अनेरास्ववियु र नेवि सङ्घ बीच कार्यक्रम गर्ने विषयमा विवाद भएको क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button