तपाईँ सुन्दै हुनुहुन्छः

लामिछाने आइसिसीको प्लेयर अफ द मन्थ, सेप्टेम्बरको मनोनयनमा

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्लेयर अफ द मन्थ सेप्टेम्बरको मनोनयनमा परेका छन् ।

आइसिसीले बुधवार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीपसँगै बङ्गलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रा परेका छन् । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । 

ओमानमा भएको आइसिसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्लेयर अफ द मन्थको मनोनयन सूचिमा परेका हुन् ।

यस अवार्डको विजेता आइसिसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुनेछ । आइसिसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ । 

आइसिसी प्यानलको मत भार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ । यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button