भैरहवाले फाइनल प्रवेशका पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने
काठमाडौँ । जारी एभरेस्ट प्रिमियर लिग क्रिकेटको एलिमिनेटर खेलमा भैरहवा ग्लाडियटर्स १६ रनले विजयी भएको छ ।
१८९ रनको लक्ष्य पछ्याएको काठमाडौँ निर्धारित ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएपछि भैरहवा १६ रनले विजयी भयो । भैरहवाले अब फाइनल प्रवेशका लागि बिहीबार पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने छ ।
चितवन टाइगर्सले पोखरालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
टियु क्रिकेट मैदानमा बुधवार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो ।
चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।








प्रतिक्रिया राख्नुहोस्