मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपिओ खुल्ला
काठमाडौँ । मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपीओका लागि बुधवारदेखि आवेदन खुल्ला भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधवार साँझसम्ममा ५ लाख ५२ हजार १६७ आवेदकबाट ८८ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको ८८ लाख ९१ हजार ९७० कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र मार्मिङ गाउँपालिका १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्