तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको मृत्यु

बारा । बारास्थित महागढीमाईको ब्रम्हपुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने बर्ष ५० का रामेश्वर महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

बारीमा रहेको पानी तान्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर महतोको मृत्यु भएको बारा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

करेन्ट लागेर घाइते भएका महतोलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button