तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभामा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । यसअघिको सरकारले पनि यही अङ्कको बजेट ल्याएको थियो । 

सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत उक्त सङ्ख्याको नयाँ बजेट घोषणा गर्नु भएको हो । 

कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूजीगत खर्चतर्फ हुन आउँछ । त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज भएको छ । प्रदेश सभामा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट घोषणा गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उक्त कार्यक्रम खारेज भएको बताएका हुन् । 

उक्त कार्यक्रमलाई ’मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ का रुपमा कार्यान्वयन गरिने उहाँले बताउनु भयो । तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारले सुरु गरेको यस कार्यक्रम प्रभावकारी नभएकाले खारेज गरिएको मन्त्री खड्काले बताए ।

एमालेको बहिस्कार

लुम्बिनी प्रदेश सभाको बैठक प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

आज ४ बजेदेखि शुरु भएको नवौँ अधिवेशनको सातौँ बैठक एमालेले बहिस्कार गरेको हो ।

यसअघि दिउँसो १ बजे बसेको बैठकमा एमालेले नाराबाजी गरेको थियो । पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान एमालेले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button