हटिया लायन्सको नमुना उद्यमी गाउँ

तनहुँ । सामाजिक कार्यमा सक्रिय लायन्स क्लबले तनहुँका एक गाउँलाई लायन्स नमुना उद्यमी गाउँ बनाउने भएको छ ।
यहाँका शुक्लागण्डकी नगरपालिका ११ राईपुर हटियालाई क्लबले नमुना उद्यमी गाउँ घोषणा गर्दै विकास गर्ने जनाएको हो ।
मङ्गलवार पिपलछामा आयोजना गरिएको एक कार्यक्रमकाबीच शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ र लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३ सय २५ बी वान नेपालका गभर्नर विश्वेश्वर आचार्यले संयुक्त रुपमा घोषणा गर्नुभयो ।
हटियासँगै क्लब अन्तर्गत १४ वटा जिल्लामा लायन्सले नमुना भिलेज बनाउदैछ ।
कार्यक्रममा बोल्दै मेयर किसान गुरुङले लायन्सले चालेको उद्यमी अभियानको प्रशंसा गर्दै सबैको सामूहिक प्रयासबाट मात्र उद्यमी बन्न सकिने उल्लेख गर्नुभयो ।
लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३ सय २५ बी वान नेपालका गभर्नर विश्वेश्वर आचार्यले लायन्सले विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको जानकारी दिँदै समस्यामा परेका र दुखमा रहेका व्यक्तिलाई सहयोगी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ भिमाद ग्रिन सिटीले ५० हजार रुपैयाँ, लायन्स मोडेल भिलेज तनहुँका प्रमुख कृष्ण पौडेलले ३० हजार रुपैयाँ, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले २५ हजार रुपैयाँ, क्लष्टर चिफ सन्तोष घिमिरे, रिजन चेयर पर्सन प्रदीप थापा, जोन चेयर पर्सन राज बहादुर थापा र मिन बहादुर लामिछानेले उद्यमी गाउँको लागि २५÷२५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।
सो अवसरमा महेन्द्र माविका १ सय ५० विद्यार्थीलाई ट्याक सुट सेट प्रदान गरिएको थियो ।
किसानका र महिलालाई उद्यमी बनाउन विभिन्न औजार समेत प्रदान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्