जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भन निर्माण

भद्रपुर, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ ।
प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाई तले पक्की भवन रु.एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा निर्माण भएको हो ।
बिर्तामोड नगरपालिका–५ मा ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कठ्ठा जग्गामा सो भवन बनेको हो ।
सो जग्गा सडक विभागको यान्त्रिक कार्यालयको थियो । यान्त्रिक कार्यालय हटेसँगै ट्राफिक प्रहरीको नाममा लालपुर्जा आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निषेश चापागाईँले बताउनुभयो ।
वि.सं. २०७६ साल जेठ ९ गते शृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माणको काम अघि बढाइएको थियो ।
हाल बिर्तामोडस्थित मुक्ति चोक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले सेवा दिँदै आएको छ ।
नयाँ आधुनिक भवनको तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गर्नुभएको थियो ।
निर्माण सेवा कम्पनीले दशँैअघि नै ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्