तपाईँ सुन्दै हुनुहुन्छः

झापामा पहिलो पटक जिउँदो खसी जोखेर बिक्री वितरण

भद्रपुर, झापा । सामान्यतः ढाड छामेर, उचालेर खसी बोका किनबेच गर्ने चलन छ । 

यसरी किनबेच हुँदा क्रेता वा बिक्रेता दुबैलाई आफूलाई घाटा पो भयो कि भन्ने आशङ्का रहिरहन्छ । तर, अब दुबैलाई शङ्का नरहने गरी झापामा खसी बोकाको किनबेच सुरु भएको छ ।

मासुको अत्यधिक खपत हुने चाडदशैं नजिकिँदै गर्दा झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले जिउँदो खसी तौलिएर बिक्री वितरण सुरु गरेको हो ।

यसरी जिउँदै खसी तौलिएर बिक्री गर्दा बिक्रेता र क्रेता दुवै ढुक्क हुने गरेका छन् ।

सधैँ आफ्ना सदस्यको जीवनस्तर उकास्न विभिन्न कृषि तथा व्यावसायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको सहारा साकोसले सदस्यकै हितलाई ध्यानमा राख्दै यो अभियान सञ्चालन गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो

सहाराले आफ्नै सदस्यले पालेका खसी बोका उनीहरूको घरमै गई उचित मूल्यमा खरिद गरी सदस्यलाई उचित मूल्यमै बिक्री गर्ने अभियान थालेको हो । यसले सदस्यलाई ठूलो राहत दिएको बताइन्छ । 

झापासहित इलाम, मोरङ, सुनसरी उदयपुरका सदस्यले उत्पादन गरेको खसीको बजारीकरणमा सहयोग पुर्‍याउन संस्थाले खरिद गरिरहेको छ ।

सदस्यले उत्पादन गरेको जिउँदै खसी तौलेर ५६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको र अहिलेसम्म विभिन्न जिल्लाबाट ल्याइएका १० हजार केजी खसी बिक्री गरिसकेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button