तपाईँ सुन्दै हुनुहुन्छः

बी एण्ड सी अस्पतालमा बिना चिरफार टाउकोको शल्यक्रिया सुरु

भद्रपुर, झापा । झापाको बिर्तामोडस्थित अत्याधुनिक बी एण्ड सी अस्पतालले टाउकोको बिना चिरफार उपचार सुरु गरेको छ ।

बिर्तामोड–३ निवासी ६० वर्षीया लीलादेवी थपलियाको टाउकोको नशा सम्बन्धी जटिल समस्या बिना चिरफार उपचार गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधवार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलो पटक बी एण्ड सीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले बताउनुभयो ।

अस्पतालकी डा. करुणा ताम्राकार कार्कीले बी एण्ड सीले बिना चिरफार टाउकोको जटिल समस्याहरू समाधान गर्ने बताउनुभयो । 

डा. ताम्राकार र डा. दिनेश थापाको टिमले सोही विधिबाट १२ वटा सफल उपचार गरिसकेको अस्पतालले जानकारी दिइएको छ ।

डा. ताम्राकारले हरेक ५० जनामध्ये १ जनालाई टाउकोको समस्या देखिन थालेको बताउनुभयो । तर, बिरामी जटिल अवस्थामा मात्र अस्पताल पुग्ने गरेकोले उपचारमा समस्या हुने गरेको उहाँको भनाइ थियो । 

उहाँले समयमै अस्पताल पुग्ने हो भने टाउकोको जटिल समस्याहरू पनि सहजै समाधान गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button