तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची बाढी प्रभावितलाई टिम ह्याप्पी फेमेली क्लबको सहयोग

सिन्धुपाल्चोक।मेलम्ची बाढी प्रभावितलाई सहयोग गरिएको छ ।मेलम्चीका युवा व्यवसायी रोमन कार्कीको पहलमा टिम ह्याप्पी फेमेली क्लबले मेलम्ची ६ नेपाने र मेलम्ची ११का बाढी प्रभावित लाई १ लाख सहयोग गरिएको हो ।

नेपानेको १७ र मेलम्चीको ११ को १ परिवारलाई सहयोग गरिएको कार्कीले जानकारी दिनुभयो । घर भत्किएका तथा अन्य क्षतिको आधारमा ५ तथा ६ हजारका दरले मङ्गलवार नगद हस्तान्तरण गरिएको कार्कीको भनाइ छ । त्यस्तै रेडियो मेलम्चीको लागि पनि रु १० हजार सहयोग प्राप्त भएको छ । सहयोगप्रति मेलम्ची ६का स्थानीय भिमसेन थापाले आभार प्रकट गर्नुभयो । यसअघि पनि कल्ब र कार्कीले विभिन्न सहयोग गर्दै आउनुभएको छ ।

यता इन्द्रेस्वरी मा बि बौद्धिक अपाङ्गता श्रोत कक्षाका २५ विद्यार्थीलाई जाडोको लुगा सेट र झोला वितरण गरिएको छ।अस्ट्रेलिया रहनु भएका मेलम्ची ११ निवासी सुमन श्रेष्ठ र त्यहाँ रही अपाङ्गता क्षेत्रमा काम गर्नु हुने जेम्स को सहयोगमा प्राप्त २५ विद्यार्थीलाई ट्र्याक सुट र झोला हिजो इन्द्रेस्वरी माबिका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले वितरण गर्नुभएको हो।साथै रेडियो मेलम्ची लाई पनि रु ५ हजार श्रेष्ठका दाइ सुदर्शन श्रेष्ठले हस्तान्तरण गर्नुभयो ।

सहयोगी पूर्व विद्यार्थी श्रेष्ठ र जेम्स प्रति प्रधानाध्यापक श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button