रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबिच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबिच स्वास्थ्य सम्बन्धी सूचना र सन्देश तथा कार्यक्रम उत्पादन र प्रसारण सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार रेडियो नेपालबाट हरेक हप्ता मङ्गलवार साँझ ६ः२५ देखि ६ः४० सम्म स्वास्थ्य गतिविधि तथा बुधवार सोही समयमा ‘जन स्वास्थ्य’ रेडियो नाटक एवम् छलफल कार्यक्रम प्रसारण गरिने छ ।
त्यसैगरी रेडियो नेपालबाट स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने सूचना तथा सन्देश वर्षभरि नै प्रसारण गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्