सात निर्माण कम्पनीहरू कालोसूचीमा
काठमाडौँ । सरकारले सात निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।
सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले मङ्गलवार एक सूचना जारी गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो ।
मङ्गलवारदेखि लागू हुने गरी ती निर्माण कम्पनीलाई एक वर्षदेखि तीन वर्ष सम्मका लागि कालोसूचीमा राखिएको हो ।
विशाल नगर स्थित सडक विभाग आयोजना निर्देशनालयको सिफारिसमा भारतको महाराष्ट्रस्थित एमएस इण्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पोरेसन तीन वर्षसम्मका लागि र नागार्जुन नगरपालिकाको सिफारिसमा काठमाडौँको ल्यान्ड्रिङ निर्माण सेवा दुई वर्षसम्मका लागि, विपिन भेट सेन्टर, रुपन्देहीको कक्षपति निर्माण सेवा, काठमाडौँको रचना ट्रेड इन्टरनेशनल, धादिङ नीलकण्ठ निर्माण सेवा एन्ड सप्लायर्स र भरतपुरको एडभेन्चर/दि आनन्द जेभी एक/एक वर्षका लागि कालोसूचीमा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्