तपाईँ सुन्दै हुनुहुन्छः

माइतीघर जान हिँडेकी महिलाको जेसिबीको ठक्करबाट मृत्यु

सल्यान । सल्यानको बागचौर नगरपालिका–२ गैरीकी ५४ वर्षिया रामकली खत्रीको मृत्यु जेसिबीको ठक्करबाट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

शनिवार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान भनेर हिँडेकी खत्रीको शव सोही दिनको साढे ७ बजेतिर बिच बाटोमै फेला परेको थियो ।

सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले प्रारम्भिक अनुसन्धानबाट खत्रीको मृत्यु जेसिबीले किचेका कारण भएको देखिएको बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button