तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा कारागारका एक कैदीको मृत्यु

बाजुरा । बाजुरा कारागारका एक कैदीको मृत्यु भएको छ।  मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका अन्दाजी ६० वर्षीय दल बहादुर थापा रहनुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृतक थापा बारम्बार बिरामी हुने गरेको र सोमवार पनि बिरामी भएपछि बिहान जिल्ला अस्पताल बाजुराबाट धनगढी रिफर गरिएकाले धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button