तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर सर्वोत्तम स्टिलका मजदुरको मृत्यु

बीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ लालपर्सामा रहेको सर्वोत्तम स्टिल प्रा.लि मा कार्यरत एक मजदुरको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । 

कारखानामा रहेको गेलेन्डर मेशिन चलाउने क्रममा अचानक विद्युत् सर्ट भई करेन्ट लाग्दा आज दिउँसो २ बजे १६ वर्षीय भारतीय मजदुर सचिन कुमार गम्भीर घाइते भएका थिए । 

घाइते मजदुरको वीरगन्ज स्थित नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा ३ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।

विगत एक महिना अगाडी सो उद्योगमा भट्टी विस्फोट हुँदा जलेर ६ जना  भारतीय मजदुरको उपचारको क्रममा मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button