मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन
काठमाडौँ । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले चाडबाडको समयमा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले बजार अनुगमलाई नियमित र प्रभावकारी बनाई अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न निर्देशन दिएको हो ।
समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीको अध्यक्षतामा बसेको बैठकले चाडपर्व लक्षित सुपथ मूल्य पसलको सङ्ख्या तथा सेवा विस्तार गर्न पनि निर्देशन दिएको छ ।
यस्तै बैठकले चाड पर्वका बेला यातायात व्यवसायीले तोकिएभन्दा बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता गतिविधिलाई नियन्त्रण गरी यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्य सम्म पुग्ने वातावरण बनाउन समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्