तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ किंग्स इलेभेनसँग खेल रद्द भएपछि भैरहवा ग्ल्याडियटर्स तेस्रो

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगको अन्तिम खेलमा काठमाडौँ किंग्स इलेभेनसँग खेल रद्द भएपछि भैरहवा ग्ल्याडियटर्स तेस्रो भएको छ ।

खेल स्थगित भएसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् । योसँगै ललितपुर प्याट्रियट्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ । अन्तिम दिनको खेल रद्द भएसँगै काठमाडौँ चौथो हुँदै प्लेअफमा पुगेको छ । 

अब एलिमिनेटरमा तेस्रो भएको भैरहवा र चौथो भएको काठमाडौँबिच प्रतिस्पर्धा हुनेछ । योसँगै इपिएलको क्वालिफायरमा शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो स्थानको पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

सोमबार भारी वर्षासँगै भिजेको आउट फिल्डको कारण मङ्गलवार काठमाडौँ र भैरहवाबिचको खेल हुन नसकेपछि अङ्क बाँडेका हुन् । भैरहवा कप्तान शरद भेषावकर, प्रशिक्षक पुबुदु दसानायके, काठमाडौँका कप्तान सन्दीप लामिछाने र अम्पायरहरूले लामो छलफलपछि खेल रद्द गर्ने निर्णय लिएका हुन् ।

यस खेल एक पटक स्थगित भइसकेको हुँदा इपिएल नियम अनुसार अङ्क बाँडिएको हो । चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो । पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अङ्क सहित दोस्रो स्थानमा रह्यो । भैरहवा ५ खेलमा २ मा जित सहित ७ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

समान अङ्क भए पनि प्रतियोगिताको नियमअनुसार बढी जित दर्ता गर्ने टोली अघि रहने प्रावधान छ । अङ्क तालिकामा समान ७ अङ्क रहे पनि जितको आधारमा पोखरा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको हो । 

भैरहवाले २ र पोखराले ३ खेलमा जित निकालेका थिए । लिगमा भैरहवा अपराजित रहे पनि एलिमिनेटर खेल्नु परेको हो । भैरहवाले पोखरासँग वर्षाको कारण अङ्क बाँडेको थियो । अर्को खेलमा ललितपुरसँग खेल टाइ हुँदा अङ्क बाँडेको थियो ।

काठमाडौँ ५ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रह्यो । ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पाँचौँ स्थानमा रह्ये । काठमाडौँ नेट रनरेटको कारण एलिमिनेटर खेल खेलेको हो । 

ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अं कका साथ पुछारमा रह्यो । पहिलो क्वालिफायर बुधवार ९ः३० मा हुने छ । बुधवार नै एलिमिनेटर हुनेछ । एलिमिनेटर १ः३० मा हुने छ । दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button