तपाईँ सुन्दै हुनुहुन्छः

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

काठमाडौँ । खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन हुनुभएको छ । खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।  

संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई चयन गरिएको छ । त्यसै गरी थप दुई सदस्यपछि मनोनयन गर्ने गरी पत्रकार हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतमलाई  सदस्यमा चयन गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button