तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा जिल्लाका द्वन्द्व पीडितहरूलाई परिचय पत्र वितरण

रोल्पा । रोल्पा जिल्लामा १४ जना द्वन्द्व पीडितहरूले द्वन्द्व पीडित परिचय पत्र प्राप्त छन् । उक्त परिचयपत्र प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाले लिवाङमा संयुक्त रुपमा द्वन्द्व पीडितहरूलाई प्रदान गर्नु भएको हो ।

रोल्पा जिल्लाबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा २ हजार २ सयभन्दा बढी उजुरी दर्ता भएको र ती उजुरीमध्ये १४ जना द्वन्द्व पीडितहरूले परिचय पत्र पाएका हुन ।

जनयुद्धको समयमा विद्रोही र राज्य पक्षबाट पीडित भएकाहरूलाई परिचय वितरण गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोगले जनाएको छ । आयोगमा ६३ हजार ७ सय १८ वटा उजुरी परेको र ती उजुरीहरूको अध्ययन तथा अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

बाँकी उजुरीहरू माथि अध्ययन अनुसन्धान भइरहेकोले पीडित ठहरिएकाहरूको परिचय पत्र तयार गरी प्रदान गर्ने आयोगको तयारी रहेको सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य विष्णु पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button