पाल्पामा ट्याक्टर दुर्घटना : चालक सहित ४ जना घाइते
पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं ४ छतिवन डाँडामा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका छन् ।
निस्दी गाउँपालिका वडा नं ४ मित्याल देखि रामपुर तर्फ आउँदै गरेको वन टेष्ट खाली ट्याक्टर सोमबार बेलुका दुर्घटना भएको हो ।
दुर्घटनामा रामपुर वडा नं ६ तिलकपुर बस्ने ३६ वर्षीय चालक जित बहादुर सारू, निस्दी गाउँपालिका वडा नं ५ गल्धाका ५० वर्षीय लक्ष्मी अर्याल, सोही स्थानका ३९ वर्षीय विष्णु देवी अर्याल र रुपन्देहीका ३५ वर्षीय मिनक मुसलमान घाइते जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरूको रामपुर तानसेनको युनाइटेड मिसन अस्पताल उपचार भइरहेको छ । ट्याक्टर सडक बाट करिब ५० मिटर तल खसेको प्रहरी जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्