तपाईँ सुन्दै हुनुहुन्छः

साफ च्याम्पियनसिप- भारत र बंगलादेशले अंक बाँडे

काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारत बंगलादेशसँग रोकिएको छ ।आइतबार साँझ भएको खेलमा सात पटकको च्याम्पियन भारत १० खेलाडीमा सीमित बंगलादेशसँग १-१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

भारतले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले २६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ७४ मिनेटमा बंगलादेशका यासिन अराफ्तले बराबरी गोल गरेका थिए । दोस्रो हाफको ५४ मिनेटमा बंगलादेश १० खेलाडीमा सीमित भएको थियो । बंगलादेशका विश्वनाथ घोसले सिधै रातो कार्ड बेहोरे ।

भारतका लिस्टन कोलाकोलाई ट्याकल गरेपछि रेफ्री अल सम्रानी मदिज मोहम्मदले घोसलाई सिधै रातो कार्ड देखाए ।

खेलसँगै बंगलादेशले दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भारत एक खेलबाट १ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button