दसैँपछि हेटौँडाका सबै सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन हुने
मकवानपुर । हेटौँडा उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरू दसैँपछि भौतिक उपस्थितिमै सञ्चालन हुने भएका छन् ।

सोमबार हेटौँडामा बसेको सामुदायिक विद्यालयको प्र अ बैठकले दसैँपछि स्वास्थ्य सावधानी अपनाएर सबै सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्ने निर्णय गरेको हो ।
बैठकमा हेटौँडा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल लगायत सामुदायिक विद्यालयको प्रअहरुको उपस्थिति रहेको थियो । हेटौँडा उपमहानगरपालिका भित्र ७७ वटा सामुदायिक विद्यालय रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्