देशैभर १६ हजार ६ सय ६ जना कोरोना संक्रमित
काठमाडौँ । देशभर कोरोनाका सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय ६ जना पुगेको छ ।
गएको २४ घण्टामा १ हजार ३० जना संक्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय ६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उपचार गरिरहेका संक्रमित मध्ये ३ सय ५१ जना आइसियुमा र १ सय १८ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा ३ हजार ८ सय १६ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् ।
जसमा भक्तपुरमा ७ सय ६, ललितपुरमा ८ सय १६ र काठमाडौँमा २ हजार २ सय ९४ जना सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको हो ।
गत २४ घण्टामा १ हजार ३० जना संक्रमित थपिदा १ हजार सङ्क्रमणबाट मुक्त भएका छन् ।
कोरोना सङ्क्रमणबाट आज थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्