तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । 


यातायात कार्यालयले परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेसँगै ट्रायल परीक्षा पास गरेका नयाँ सेवाग्राहीले चिट बोकेर हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गरेर स्मार्ट कार्ड पर्खिन नपर्ने नभएको हो । 

सुर्खेतमा पहिलो पटक चालकको सहजताका लागि परीक्षा पास गरेपछि परीक्षणकालीन सवारी चालक अनुमतिपत्र दिने व्यवस्था गरिएको छ । 

आइतबार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले दुई जना सेवाग्राहीलाई परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 

उहाँले ट्रायल परीक्षा पास गरेकालाई लाइसेन्स नपाएर समस्या खेप्नु पर्ने बाध्यता हटेको जिकिर गर्नुभयो ।  

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुर्खेतसहित देशका विभिन्न भागमा सो निर्णय लागू भएको छ । 

जसअन्तर्गत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुर्खेतमा पनि वितरण सुरु गरिएको हो । 

परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षण काल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएकाले यो अवधिमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्दन चपाईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button