तपाईँ सुन्दै हुनुहुन्छः

सिरियाली राष्ट्रपति र जोर्डनका राजाबीच फोन वार्ता

दमासकस ।  सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोन वार्ता भएको छ । उहाँहरुबीच आइतबार फोन वार्ता भएको जोर्डनका सञ्चार माध्यमहरूले जनाएका छन् ।

जोर्डनका ती सञ्चार माध्यमहरूले उहाँहरुबीच गएको १० वर्षयता पहिलो पटक फोनमा कुराकानी भएको बताएका छन् ।

गएको १० वर्षअघिदेखि सिरियामा युद्ध र नागरिकको ज्यान क्रम जारी रहेको छ । यहाँका नागरिकले सिरियाली राष्ट्रपति असदको राजीनामाको माग गर्दै आन्दोलन जारी राखेका हुन् । आन्दोलनका कारण यहाँका चार लाख भन्दा बढी व्यक्तिको ज्यान गएको बताइएको छ ।

लाखौँको सङ्ख्यामा नागरिकहरू घाइते भएका छन् ।  दशौं लाख सर्वसाधारण आफ्नो देश र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् । 

आइतबारको फोन वार्ताका क्रममा उहाँहरुबीच दुई देशबीचको सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको सिरियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button