तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बर्दिबास।धनुषामा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले दिनु भएको जानकारी अनुसार मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–५ का २६ वर्षीय ओमप्रकाश साह रहेका छन् ।

मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग.८ख ३३५१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ज.५प ९२३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक साहलाई उपचारका लागि लालगढस्थित मोडेल हस्पिटल लगिएको र उपचारकै क्रममा ज्यान गएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।

दुर्घटना पश्चात् ट्रक र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button