खुकुरी प्रहारबाट रुपन्देहीमा मजदुरको मृत्यु
रूपन्देही ।भारतीय मजदुरको खुकुरी प्रहारबाट रुपन्देहीमा एक नेपाली मजदुरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । शुद्धोधन गाउँपालिका वडा नं ३ वेतानीमा रहेको स-मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले दिएको जानकारी अनुसार सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हाे।
सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको छ ।’एक आपसमा भएको विवादलाई लिएर एक्कासि खुकुरी प्रहार गरेको भन्ने कुरा आएको छ,” प्रवक्ता थापाले भन्नुभयो,”खुकुरी प्रहार गर्नेले मापासे गरेको देखिएको छ।”
प्रहरी प्रवक्ता थापाका अनुसार खुकुरी प्रहार गर्ने रविलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्