तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा विदेशको जस्तै उपचार अभ्यास :आजदेखि जनरल ओपिडी आजदेखि सुरु

चितवन । केन्द्रीय अस्पतालको रुपमा विस्तारित भरतपुर अस्पतालले आजदेखि बिरामीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै आजबाट जनरल ओपिडी सेवा सुरु गरेको छ ।

अस्पतालले आज (असोज १८ गते) बाट बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडी सेवा सुरु गरेको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले आजबाट जनरल ओपिडी सेवा सुरु गरिएको जानकारी दिनुभयो । जनरल ओपिडीमा बिरामीले आफ्नो समस्या बताएपछि सम्बन्धित विशेषज्ञ चिकित्सक समक्ष रिफर गरिन्छ । यस अघि ओपिडी मार्फत सेवा दिँदा बिरामीहरूको बढी चाप र अन्योलको अवस्था सिर्जना हुँदै आएको थियो ।

मेसु डाक्टर पौडेलले पहिले देखि नियमित गरिएको ओपिडी सेवा सँगै आज देखि जीओपीडी सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘एक त सेवा थप भयो । अर्को कुरा बिरामीले सम्बन्धित रोगको डाक्टरसँग सिधै भेट हुने भयो ,उहाँले भन्नुभयो , आजबाट ओपिडी सेवा तीनठाउंँबाट ओपिडी सेवा सुरु भएको छ ।’

जसले गर्दा समयको बचत , छिटो सेवा र चाप कम हुनुका साथै सेवामा गुणस्तरियता बढ्ने उहाँको भनाई छ । आजबाट दक्ष जनशक्ति र मेडिकल अफिसर सहितको टोलीले चेकजाँच सुरु भइरहेको उनले जानकारी दिनुभयो । ‘यसबाट सामान्य बिरामीले उत्तिखेरै सेवा लिएर जान्छन् उहाँले भन्नुभयो , गम्भीर बिरामीले थप गुणस्तरीय सेवा पाउंँछन ।’

नेपालका केही अस्पतालमा पनि लागू भए पनि भरतपुर अस्पतालमा आजदेखि यो सेवा सुरु गर्न लागिएको हो । भरतपुर अस्पतालमा टिकट काट्न र ओपिडी परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आइरहेको समयमा अस्पतालले सेवा विस्तार गरेको हो । डा. पौडेलका अनुसार छिट्टै अनलाइनबाट ओपिडी टिकट काट्ने व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button