तपाईँ सुन्दै हुनुहुन्छः

गोरुले हानेर एक वृद्धको मृत्यु


सोलुखुम्बु। आफैँले पालेको गोरुले हानेर सोलुखुम्बुमा एक वृद्धको ज्यान गएको छ । माप्य दूधकोशी गाउँपालिका–६ वाकुका ६८ वर्षीय तपिराज राईको बारीमा बाँधेको गोरुलाई घाँस पानी गर्दा गोरुले हानेर ज्यान गएको हो ।

गोरुलाई घाँस दिन जानुभएका राई बेलुकासम्म नफर्किएपछि परिवारले खोजी गर्दा गोरुको गोठमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार प्रहरी चौकी वाकुको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button