तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ वातावरणीय दृष्टिले उच्च जोखिममा: मन्त्री राय

जनकपुरधाम । प्रदेश नंं २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय यादवले वातावरणीय दृष्टिकोणले प्रदेश २ सबैभन्दा उच्च जोखिममा रहेको बताउनुभएको छ ।

सङ्घीय वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय अनुकूलन योजना क्षमता विकास कार्यक्रमका लागि योजना तर्जुमा प्रक्रिया विषयक’ कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश २ मा वन तथा चुरे विनाशको अवस्था भयावह रहेकोले वातावरण संरक्षण नभए मुलुकमा नै खाद्य सङ्कट आउने बताउनुभयो ।

कार्यक्रममा वन, वातावरण, कृषिको क्षेत्रमा कार्यरत रहेका सङ्घ, संस्थामा काम गरेर लामो अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिता रहेको छ । कार्यक्रममा नेपालले तयार पारेको प्रारम्भिक प्रतिवेदनमाथि वन तथा वातावरण एवं समुदायका विज्ञ रहनुभएका डा. शालु अधिकारी र ज्ञानेन्द्र कार्कीले प्रस्तुति गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button