तपाईँ सुन्दै हुनुहुन्छः

धुलिखेलका शिक्षक आन्दोलित, केन्द्र सरकारले दिएको निर्देशन नगरले अटेर गरेको आरोप

काभ्रेपालञ्चोक । काभ्रेको धुलिखेल नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरूले तलब केन्द्र सरकारले तोके बमोजिम नगरले थपेर दिनुपर्ने रकम थपेर नपाएको भन्दै आज नगरपालिका अगाडि धर्ना तथा विरोध  गरेका  छन्  । 

सङ्घीय सरकार बढाएको तलब आफूले नपाएको र स्थानीय सरकारले आफूलाई  थप्नु पर्ने रकम नथपेको भन्दै धर्ना गरेका हुन् । यो सँगै कर्मचारीको सामाजिक सुरक्षा कोष स्थापना गर्नुपर्ने, बालबालिका केन्द्रहरूलाई प्राथमिक शिक्षकको रुपमा परिणत गर्नुपर्ने ,प्रत्येक १० जना विद्यार्थी बमोजिम एक जना कर्मचारीको व्यवस्थापन गर्नु पर्ने, सामुदायिक बालबालिका केन्द्रलाई विद्यालयमा समायोजन गर्नु पर्ने, आन्तरिक प्रक्रिया बाट स्थायी गरियोस्, करार सम्झौतालाई  खारेज गरी स्वतः म्याद थप व्यवस्था गरियोस् भन्ने बालबालिका शिक्षकहरूको माग राख्दै  धर्ना गर्दै आएका छन् । धर्ना गर्न आएका शिक्षकहरूको गुनासो भन्ने केन्द्र सरकारको निर्देशन नगरले नमानेको आरोप लगाएका छन्   ।

यता नगरका शिक्षा शाखा प्रमुख अनुसार शिक्षकहरूले जानकारी पनि पूर्ण रुपमा नगराई यसै आन्दोलित भएको र पहिला राज्यले  यो नीति नल्याउँदा पनि आफ्नो नगरले शिक्षकको हितका लागि नगर कै पहलमा थप रकमको व्यवस्था गरेको पनि शाखा प्रमुख माधव शर्माले बताउनुभयो । उहाँका अनुसार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घ ले आफ्नो अधिकार खोसेको भन्दै अर्थमन्त्री समक्ष ज्ञापन पत्र र ध्यान आकर्षण पत्र समेत बुझाइएको छ । 

नेपाल शिक्षक महासङ्घ काभ्रेका अध्यक्ष आश्विन प्रसाद चौलागाई धर्नामा सहभागी रहेका थिए । उनका अनुसार शिक्षकलाई नगरले गरेको यस्तो निर्णय मान्य नभएको र काभ्रेकै अन्य पालिकाले गर्दा समेत धुलिखेल नगरले गर्न नसक्नुमा आक्रोश व्यक्त शिक्षक महासङ्घ काभ्रेका अध्यक्ष चौलागाईले व्यक्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button