तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने

काठमाडौँ । चन्द्रागिरि केबुलकार दसैँ तिहारमा पनि खुल्ने भएको छ । 

चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो । 

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । 

हाल चन्द्रागिरि हिल्समा केबुलकारमार्फत एक हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । ९० कोठा रहेको चन्द्रागिरि रिसोर्टसमेत दैनिक ६० प्रतिशत बुकिङ हुँदै आएको महाप्रबन्धक शाहले बताउनुभयो ।

चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइन समेत सञ्चालनमा ल्याएको छ । 

उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button