तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी आधाले घट्यो

चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी झण्डै आधाले घटेको छ । 

चालु आर्थिक बर्ष ०७८/०७९ को साउन महिना भन्दा भदौ महिनामा आम्दानी ३ करोड ११ लाख ८० हजार ६२६ रुपैयाँ रकमले कम सङ्कलन भएको  हो ।  

साउन महिनामा कार्यालयले सबै शीर्षकमा गरी ७ करोड ४७ लाख ९५ हजार ९३० रुपैंया सङ्कलन गरेको थियो भने भदौ महिनामा यो अनुपात घटेर ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ मात्र सङ्कलन गरेको छ । 

कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताब सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ । 

सबै भन्दा बढी आम्दानी सवारीसाधन करबाट

कार्यालयले सबैभन्दा बढी आम्दानी सवारी साधन कर शीर्षकबाट गर्दै आएको छ । जसअनुसार भदौ महिनामा यस शीर्षकबाट ३ करोड ७० लाख ५ हजार २९ रुपैयाँ आम्दानी भएको छ । 

यस्तै चालक अनुमति पत्र एवं सवारी किताब सम्बन्धी दस्तुरबाट २१ लाख ५ हजार ४६५ रुपैयाँ आम्दानी गरेको छ भने यातायात क्षेत्रको आम्दानीबाट ४५ लाख  १५ लाख ४ हजार ८१० रुपैंया आम्दानी गरेको छ । बेरुजु शीर्षक र प्रशासनिक दण्ड जरिवानाबाट कुनै रकम सङ्कलन भएको छैन । 

कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिमका कारण बढी भिडभाड बढी हुने कार्यालय लगातार १० दिन बन्द गरेकोले यो कार्यालयको पनि राजश्व सङ्कलनमा कमी आएको बताउनुभयो  । ‘भदौमा १० दिन बन्द हुँदा आम्दानी स्वतः एक तिहाइले नै घट्ने भयो । ’उप्रेतीले भन्नुभयो । 

कार्यालयमा असार मसान्त र चैत्र मसान्तमा अत्यधिक चाप हुनाले असारमा १० करोडको हाराहारीमा राजश्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो  । ‘असारमा भन्दा साउनमा राजश्व सङ्कलन त केही कम हुन्छ उहाँले भन्नुभयो, नयाँ आर्थिक वर्षमा राजश्व तिर्ने सवारी धनीको चाप पनि उत्तिकै हुन्छ ।’ 

कार्यालयमा हाल सवारी अनुमति पत्र वितरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयाँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरू हुने उप्रेतीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button