तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक आन्दोलित हुँदा गाउँपालिकामा तालाबन्दी

अछाम । अछामको रामारोशन गाउँपालिकाका शिक्षक आन्दोलित भएपछि गाउँपालिकामा तालाबन्दी गरिएको छ।

बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले नदिएपछि उनीहरू आन्दोलित भएका हुन् । पटक पटक ध्यानाकर्षण गर्दा पनि गाउँपालिकाले दिनुपर्ने ७ हजार तलब दिन मानिरहेको छैन । जसको विरोध गर्दै रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको हो ।

बाल शिक्षक संर्घष समिति रामारोशन गाउँपालिकाको नेतृत्वमा गाउँपालिका कार्यालयमा यही असोज ११ गतेदेखि ताला लगाइएको छ । तर, अहिलेसम्म पनि ताला खोल्न गाउँपालिकाले कुनै पहल गरेको छैन ।

बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले दिन मानिरहेको छैन । लगातारको माग र छलफल गर्दा पनि गाउँपालिकाले तलब दिन नमानेपछि गाउँपालिकामा ताला लगाइएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिनुभयो ।

बाल विकास केन्द्रका शिक्षकलाई पालिकाले ७ हजार तलब दिनु पर्ने केन्द्र सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर रामारोशन गाउँपालिकाले भने रकम नभएको भन्दै बाल विकास केन्द्रमा अध्यापन गराइरहेका शिक्षकलाई तलब दिन नसकिने बताइरहेको छ ।

केन्द्र सरकारले बाल विकास केन्द्रका शिक्षकहरूको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ हजार पुर्‍याएको छ । लगातारको माग र छलफल पछि पनि गाउँपालिकाले दिनु पर्ने तलब नदिए पछि बाध्य भएर तालाबन्दी गरिएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष खत्रीको भनाई छ ।

यता गाउँपालिकाले तलब दिने विषयमा कुनै पहल गरेको छैन । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत अन्य सरोकारवाला बुझ्न खोज्दा उनीहरूले प्रतिक्रिया दिन मानेनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button