काँग्रेसको महानगर अधिवेशन: मतदान भोलि

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज काठमाडौँको पालिका स्तरीय अधिवेशन भइरहेको छ भने कतिपय जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
आज काठमाडौँको १० पालिका मध्ये काठमाडौँ महानगर पालिकामा समय अभावका कारण नयाँ नेतृत्वका लागि निर्वाचन हुन सकेन भने बाँकी पालिका हरूमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकृत आचार्यले आज स्थगित भएको काठमाडौँ महानगरको मतदान भोलि बिहान ९ बजेदेखि सुरु हुने बताउनुभयो ।
आज मुस्ताङ, गोर्खा, दोलखा, रुकुम पूर्व लगायतको जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्