नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

काठमाडौँ । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागले कोषलाई हस्तान्तरण गरेको छ ।
कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले निर्माणको शिलान्यास गर्नुभएको थियो ।
लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभाग बिच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रुपैयाँको लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले निर्माणमा ठेक्का दिएको थियो ।
उक्त भवनको निर्माण पश्चातको हस्तान्तरण कार्यक्रम कोषका कार्यकारी निर्देशक रमण नेपालले कोभिड–१९ को सङ्क्रमणको अवस्थामा भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण सम्पन्न गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यवाद प्रदान गर्नुभयो ।
भवन विभागका महानिर्देशक नवराज प्याकुरेलले कोभिडको सङ्क्रमणकालीन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्