बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै
बैतडी । बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् ।
जिल्ला अस्पतालमा उपचार लागि दैनिक २–३ बिरामी स्क्रब टाइफसका आउने गरेका जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको अहिलेसम्म ४५ जनामा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी पन्तले बताउनुभयो ।
जिल्लाका अन्य ठाउँमा पनि स्क्रब टाइफसका बिरामी भेटिएका तर यकिन तथ्याङ्क आउन बाँकी रहेको सूचना अधिकारी पन्तले बताउनुभयो ।
माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीको सुझाव छ । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरू आउने लगायतका लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्