तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व लक्षित सुरक्षा योजना

वाग्मती। मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दीपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ ।नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्ति सुरक्षा कायम राख्न र कोभिड–१९ कf कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो ।

कार्यालयद्वारा जारी सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने अवस्था आउन नदिन तथा हैरानी हुने अवस्था आउन नदिन हेटाँैडा उपमहानगरपालिका क्षेत्रको बसपार्क र चौकी टोलमा रहेको सुमो काउन्टरमा ट्राफिकसहितको चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिने बताइएको छ ।

यसै गरी ट्राफिकमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुगमन गरी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । त्यस्तै कोभिड सङ्क्रमणको जोखिमिलाई ध्यानमा राखी सबै प्रकारका मेला, महोत्सव ,साङ्गीतिक कार्यक्रम, चिठ्ठा बिक्री वितरण एवं चिठ्ठा खोल्ने कार्यक्रममा पूर्ण रोक लगाइने भएको छ ।

जुवा, तास र कौडा खेल्ने कार्य रोक्नाका लागि निरन्तर अनुगमन गरिने र मठमन्दिरलगायत अन्य धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी गराउन भिडभाड नहुने स्थिति सिर्जना गरिने बताइएको छ ।सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन पनि कार्यालयले अनुरोध गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button