कास्की मालपोतबाट लेखापढी व्यवसायी पक्राउ

कास्की ।कास्कीको मालपोत कार्यालयबाट ठगीको आरोपमा एक जना पक्राउ परेका छन् ।
जग्गा पास गराउन कर्मचारीलाई घुस दिनुपर्छ भन्दै सेवाग्राहीलाई ठगी गरेको आरोपमा कास्की मालपोतबाट लेखापढी व्यवसायी मातृका बास्ताकोटी पक्राउ पर्नु भएको हो ।
वस्ताकोटीलाई कास्की प्रहरीले शुक्रवार मध्याह्न २५ हजार रुपैयाँसहित पक्रेको हो । उनीलाई हिरासतमा राखी अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्