तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी निर्माणका लागि ईश्वर पोखरेलका १३ सुझाव (सांगठानिक प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी निर्माणका क्षेत्रमा देखिएका विभिन्न कमजोरी औँल्याउँदै तत्काल सुधार गर्न आग्रह गर्नुभएको छ ।

विधान महाधिवेशनमा सांगठानिक प्रतिवेदन पेस गर्नुहुँदै महासचिव पोखरेलले नेता तथा कार्यकर्तामा अध्ययन र प्रशिक्षणको कमीदेखि आदर्श र व्यवहारको बीचमा अन्तरविरोध जस्ता समस्या पार्टी निर्माणका क्षेत्रमा कमजोरी भएको उल्लेख गर्नुभएको छ । उहाँले सांगठनिक प्रतिवेदनमा उल्लेख गर्नुभएका १३ बुँदा यस्ता छन् :-

१. अध्ययन र प्रशिक्षणको कमी
२. पार्टी सदस्यतामा मापदण्ड पालनाको समस्या
३. ठूलो आकारका कमिटीहरूको संचालनको समस्या
४. वैधानिक व्यवस्थाअनुरूप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या
५. संगठनात्मक अराजकता र गुटबन्दीको समस्या
६. गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या
७. पार्टी काम र कार्यकर्ताको मूल्यांकनको समस्या
८. वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्या
९. पार्टी काममा दोहोरोपनको समस्या
१०. काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या
११. परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या
१२. जनसंगठनको प्रभावकारी परिचालनको समस्या
१३. आदर्श र व्यवहारको बीचमा अन्तरविरोध ।

हेर्नुहोस् विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रस्तावसम्बन्धी प्रतिवेदनको पूर्णपाठ :

प्रतिक्रिया राख्नुहोस्

Back to top button