एमालेको राजनीतिक प्रतिवेदन : राजनीतिक स्थिरता र सुरु भएको समृद्धिको यात्रामा अवरोध सिर्जना भयो (पूर्ण पाठसहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार ढालेर अस्थिरता ल्याइएको बताउनुभएको छ । पार्टीको चलिरहेको विधान महाधिवेशनमा ७३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ओलीले बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार, सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा आज अवरोध सिर्जना भएको उल्लेख गर्नुभएको हो ।
प्रतिवेदनमा सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखको सहयोगमा एमालेलाई विभाजन गरिएको उल्लेख छ । प्रतिवेदनमा अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको आरोप लगाउनुभएको छ ।
महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई गलत तरिकाले हटाउन खोजेर प्रचण्ड र माधवले पार्टी विभाजन गरेको र देशी विदेशी तत्वहरुको इशारामा चलेर पार्टी विभाजन गरेको ओलीले बताउनुभयो ।
प्रचण्ड अस्थिर, अवसरवादी एवं विभाजनकारी
प्रतिवेदनमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर, अवसरवादी र विभाजनकारी नेता भएको आरोप लगाउनुभएको छ । , मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत भनिएको छ ।
प्रतिवेदनमा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ।
लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत मिचिएको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने पनि प्रतिवेदनमा उल्लेख छ। राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धिका लागि एमाले बहुमत प्राप्त पहिलो शक्ति हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् अध्यक्ष ओलीले विधान महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीीतक प्रतिवेदनको पूर्णपाठ :
हेर्नुहोस् विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रस्तावसम्बन्धी प्रतिवेदनको पूर्णपाठ :









प्रतिक्रिया राख्नुहोस्