काभ्रेमा १० दिन निषेधाज्ञा थप
काभ्रेपलान्चोक । काभ्रेमा थप १० दिन निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना ‘संवेदनशील क्षेत्र’ कायमै रहेकाले आज राती १२ बजेदेखि लागू हुने गरी असोज २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।
निषेधाज्ञामा विवाह, व्रतबन्ध तथा सामाजिक रूपमा गरिने सांस्कृतिक पर्व, सवारी साधनमा चालक, सहचालक र यात्रुले पूर्ण रुपमा स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्