तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा

बीरगंज । अवैध रुपमा भारतबाट भन्सार छली भित्र्याइएको ३० लाख मूल्य बढीको मेडिकल सामग्री बोकेको ट्रक पर्सा प्रहरीले आज दिउँसो वीरगन्जबाट नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट बाग्मती प्रदेश ०३–००१ ख.०३३० नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको र ट्रकमा भन्सार छली भित्र्याइएको मेडिकल सामाग्री लगायत अन्य किराना सामान रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

प्रहरीले ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा चालक फरार भएको र ट्रकमा रहेको सामानको मूल्याङ्कन गर्दा ३० लाख मूल्य भन्दा बढीको सामान रहेको भेटिएपछि थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button