जनकपुरधाममा बजार अनुगमन: थुप्रै म्याद गुज्रेका सामान नष्ट

जनकपुरधाम । चाडपर्वलाई लक्षित गरेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको केही किराना तथा खाद्य पसलहरूमा अनुगमन गर्दा म्याद गुज्रेका सामाग्रीहरू बिक्री वितरण गरेको पाइएपछि ती सामाग्रीहरू नियन्त्रणमा लिएर नष्ट गर्ने काम भएको छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक दिपक कर्णको नेतृत्वमा जनकपुरधामको रामानन्द चौकमा रहेको जय श्रीराम किराना पसलमा अनुगमन गर्दा म्याद गुज्रेका चिसो पेय पदार्थ, केक, बिस्कुट नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
म्याद गुज्रेका सामान बिक्री गर्ने माथि खाद्य ऐन अनुसार नै कारबाही हुने भएकाले आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालय धनुषामा उपस्थित हुनका लागि अनुगमन टोलीले निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्