जोगीको भेषमा आई सुन चोर्ने दुई जना पक्राउ
पाल्पा । जोगीको भेषमा आएर सुन चोर्ने दुई जना पक्राउ परेका छन् ।
रामपुर नगरपालिका–४ देवीस्थानकी ५० वर्षीया पूर्ना फालको सिक्री चोरेको आरोपमा भारत उत्तर प्रदेश जिल्ला श्रावस्ती पोष्ट चमरपुरवाका ३६ वर्षीय रामनरेश हरिजन र ४३ वर्षीय लड्डन हरिजनलाई सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
घरको च्यानल गेट भित्रबाटै सिक्री चोरेर भागेको र खोज तलासको क्रममा उनीसँगै सिक्री फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
उनीहरूविरुद्ध चोरी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्